जिल्ला प्रहरी कार्यालय बागलुङले एक फरार अभियुक्त लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बैंकिङ कसुर मुद्धामा फरार रहेका बागलुङ गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका ५७ बर्षीय जंगबहादुर पुनलाई पक्राउ गरेको छ ।
निज पुनलाई जिल्ला अदालत बागलुङले बैंकिङ कसुरमा १२ लाख ५ हजार ५ सय रुपैयाँ र ५ वर्ष कैद सजाय तोकेको थियो ।
निजलाई आज जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।