हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण आगामी आर्थिक वर्षमै शुरु हुने

गुल्मीको  छत्रकोट गाउँपालिकाको वडा नंं ०३ स्थित हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने भएको छ ।

भवन अभावमा गुणस्तरीय सेवा दिन कठिन भईरहेकोले आगामी आर्थिक वर्षमै स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गर्ने विषयले मंगलबार सार्वजनिक नीती तथा कार्यक्रममा प्राथमिकता पाएको छ ।

 

जनस्वास्थ्य तथा पोषण नीती अन्तर्गतको छैठौँ बुँदामा भनिएको छ “भवन निर्माणमा गुणस्तरीय सेवा दिन नसकिरहेको हर्दिनेटा स्वास्थ्य चौकीको भवन बनाउन आ।व। ०७९ ÷०८० देखि नै निर्माण कार्य सुरुवात गरिनेछ ।”

 

यस्तै १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण कार्यको आरम्भ गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने पनि नीती तथा कार्यक्रममा उल्लेख छ ।

 

आर्थिक अभावले उपचार गराउन नसक्ने अति विपन्न सर्वसाधारणको उपचारको लागि बाहिर गएर गर्नुपर्ने उपचारमा एकपटकका लागि यातायात खर्चको व्यवस्था पनि पालिकाले दिने भएको छ ।

 

यस्तै श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा विस्तारसँगै दक्ष जनशक्तिको प्रबन्ध गरिने तथा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गर्भवती तथा सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम संचालन गरिने भएको छ ।

 

वार्षिक नीती तथा कार्यक्रम प्रस्तुत गर्दै छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले सरकारका नीती तथा कार्यक्रमको सफल कार्यान्वयन गर्न वडागत संरचना, राजनैतीक तथा सामाजिक ऐक्यबद्धता, राष्टसेवक कर्मचारी,नीजी क्षेत्र, संचारकर्मी, विभिन्न पेशाकर्मी तथा बौद्धिक जगत, लगायत सबै पक्षसँग सहयोग तथा समन्वयको अपेक्षा गरेका छन् ।

 

छत्रकोटको बृहत्तर हितका निम्ति रचनात्मक सहयोग तथा सुझाव सल्लाह ग्रहण गर्न स्थानीय सरकार तयार रहेको अध्यक्ष पाण्डेयको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?