दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक गुर्भाकोटमा आज बिहान पाँच बजेको समयमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार अनियन्त्रित भएर ना ४ ख ९७ ६१ नम्बरको ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको प्रहरीको भनाई छ ।
साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएको र उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ । यद्यपि मृत्यु भएको पुष्टि भएको छैन् ।