ग्यालेक्सी फोरके को चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा अब बागलुङका पत्रकार युवराज ले चलाउने भएका छन् ।
सधै जसो देखिने रबी लामिछाने अब पत्रकारीता छाडेर राजनितीमा होमिने भएपछी वर्षौंदेखि पर्दापछि रहेर सिधाकुरा कार्यक्रममा रिपोर्ट पढिरहने युवराज कँडेल अव पर्दा अघि, त्यो पनि सिधा कुराका साथ देखिने भएका छन् ।
बागलुङबाट मोफसलको पत्रकारिता सुरु गरेका कँडेल, न्यूज २४ मा रबी लामिछानेका साथमा सिधा कुरा जनताको सञ्चालन टिममा काम सुरु गरे ।
ग्यालेक्सी टेलिभिजन सुरुभएपनि पनि सधै पर्दा पछिबाट बोलिरहने कँडेललाई अव सिधा कुरामा जनताले देख्न पाउने भएका छन् ।
गत विहिबारको इपिसोडबाटै लामिछानेले टेलिभिजन पत्रकारिता छाडेर उक्त जिम्मेवारी कँडेललाई सुम्पेका छन् ।