“जातिय विभेद अन्त्य गर्न पहिला दलित भित्रको तल्लो उपल्लो प्रथा अन्त्य आवश्यक छ“ ः उपाध्यक्ष थापा

 

गुल्मीको गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले अधिकार प्राप्तिका निम्ति दलित समुदाय जुरमुराउनु पर्ने बताउनुभएको छ । गाउँपालिकाको वार्ड न ७ मा आयोजित दलित सचेतना कार्यक्रमको उदघाटन गर्दै वहाँले यस्तो बताउनुभएको हो ।

 

कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष ढेंगाले भन्नुभयो “ जातिय विभेद अन्त्य गर्न सुरुवात आफैबाट गर्नुपर्छ , पहिले दलित समुदाय भित्र जरा गाडेर बसेको तल्लो र उपल्लो जात भन्ने कुप्रथा हटाउन आवस्यक छ “ । “जातीय विभेद अन्त्य गरौं भन्ने तर आफ्नै समुदाय भित्र समेत विभेद रहदा सम्म यो पुर्णरुपमा अन्त्य हुन सक्दैन “ उपाध्यक्ष ढेंगाले भन्नुभयो ।

 

कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी उपाध्यक्ष ढेंगाले तालिम लिने तर व्यवहारमा नउतार्ने क्रम धेरै बढेकाले सिकेका प्रत्येक सिपलाई प्रयोगमा ल्याउन सुझाब दिनुभयो । वहाँले गाउँपालिकाले पहिला पनि डल कुसन बनाउने , अचार बनाउने , डाइपर र सेनेटरी प्याड बनाउने तालीम संचालन गरेपनी महिलाहरुले व्यवसायिक रुपमा प्रयोग नगरेको बताउदै सिपको सदुपयोग गर्न सुझाब दिनुभयो ।

 

गुल्मीदरबार गाउँपालिकाको आयोजनामा वार्ड न ७ मा आजदेखी कार्यक्रम सुरु भएको छ । वार्ड न ७ का वडा अध्यक्ष शालिकराम टण्डनको अध्यक्षतामा सुरुभएको कार्यक्रमको संचालन पालिकाका अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो । तालिममा ३२ जना दलित महिलाहरु सहभागी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?