
भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत जलबिरेमा पहिरो खस्दा पृथ्वीराजमार्गको अवरुद्ध सडकमा आज बिहान ९ः१५ बजेदेखि गाडी सुचारु भएको छ ।
आज बिहानै पहिरो खस्दा पृथ्वीराजमार्गको दुवैतर्फको सडक अवरुद्ध भएको थियो ।
सडक आयोजनासँग समन्वय गरी पहिरो पन्छाउने काम भएपछी सडकमा गाडी सुचारु भएको प्रहरीले जनाएको छ ।