जिल्ला समन्वय समिति गुल्मीको प्रमुखसहित सबै पदमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति गुल्मीको नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा प्रमुख पदमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दोर्ण बहादुर खत्री र उपप्रमुखमा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका तेजेन्द्र बहादुर सलामी सहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो ।
नेकपा एमालेका उमेदवार युवराज न्यौपानेलाई ६ मतान्तरले पछि पार्दै खत्री विजयी भएका हुन् । उपप्रमुखमा सलामी पनि ६ मतान्तरले नै विजयी भएका हुन् ।
त्यस्तै सदस्यमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका महेश्वर भण्डारी, सुनिता जिसी कुँवर, शेर बहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका सावित्रा भण्डारी, नेकपा माओवादी केन्द्रका वीर बहादुर कार्की र राष्ट्रिय जनमोर्चाका निरमाया राना विजयी भएका छन् ।
गुल्मीमा जिल्ला समन्वयको निर्वाचनका लागि २४ जना मतदाता रहेका थिए । १२ पालिकाका स्थानीय तहका प्रमुख÷अध्यक्ष एवम् उप–प्रमुख÷उपाध्यक्षले मतदान गरेका थिए ।