चट्याङ् लागेर गुल्मीमा एक महिलाको ज्यान गयो

 

गुल्मी, जेठ ११ गते । मङ्गलबार राति चट्याङ् लागेर गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको ज्यान गएको छ ।

 

जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

 

गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उहाँको मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रमेश विश्वकर्मा , गोरखापत्र अनलाईन बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?