छत्रकोट गाउँपालिका पुर्ण कोभिड खोप उन्मुख , अन्तरक्रिया कार्यक्रम सम्पन्न

भुवन भुसाल , चैत्र १२ गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिका कोभिड १९ पुर्ण खोप लगाएको पालिका उन्मुख भएको छ । पालिकाको कोभिड १९ खोप लगाउन योग्य जनसंख्या मध्य ९७ प्रतिशतले पहिलो मात्रा र ८७ % ले दोश्रो मात्रा समेत खोप लगाएको एक कार्यक्रममा जानकारी गराइएको छ । “यो प्रतिशत अझै बढ्ने देखिन्छ , श्रिङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा छुट भएको डाटा समाबेश गर्दा ९० प्रतिशतले नै दोश्रो मात्रा खोप लगाएका छन ” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले भन्नुभयो ।

गाउँपालिकामा कोभिड १९ विरुद खोप कार्यक्रमको प्रगति र आगामी कार्यनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज शनिबार सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष एवम् खोप समन्वय समितिका अध्यक्ष मधुकृष्ण पन्त को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी कार्यपालिका सदस्य ,पालिका भित्रका सबै स्वास्थ्य संस्थाका प्रमुखहरुको समेत सहभागिता रहेको छत्रकोट स्वास्थ शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले जानकारी दिनुभयो ।
सुआहारा गुल्मीका कार्यक्रम अधिकृत लिल बहादुर नेपाली ,फिल्ड संयोजक राजेन्द्र बि.क.को समेत उपस्थिति रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्यले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य समेत राख्दै स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले उद्धेश्य बारेमा जानकारी गराउनुभएको थियो । कोभिड खोपमा पालिकाको अवस्थाको यथार्थ अवस्थाको बारे मुना सर्तुङगे ले प्रस्तुतिकरण गर्नु भएको कार्यक्रमको संचालन अ.हे.व.सपना टण्डनले गर्नु भएको थियो ।

 

कार्यक्रममा पालिकाले पूर्ण कोभिड बिरुद्धको खोप लगाएको पालिकाको रुपमा घोषणाका लागि खोज र खोप अभियान संचालन गर्ने कार्ययोजना तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?