छत्रकोट ५ मा महिला स्वास्थ्य स्वयंसेविका संग अन्तर्कृया सम्पन्न

भुवन भुसाल , चैत ११ गुल्मी
छत्रकोट गाउँपालिका वडा न. ५ खर्ज्याङ्ग मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

ग्रामीण भेगमा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाहरुका समस्या , काम गर्दा भोग्नु परेका चुनौती र अवसर लगायतका बिषयमा अन्तर्कृया गरेर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका जिल्ला कार्य समिति उपसभापति अन्नतराम पौडेल , नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) एमाले गुल्मी जिल्ला कमिटी सदस्य सदस्य बिष्णु पौडेल , जनप्रतिनिधी स्थानिय राजनैतिक दलका प्रतिनिधी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । अन्तर्कृया कार्यक्रममा कार्यक्रमको उद्देश्य , महत्व र आवश्यकताका बारेमा छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा छत्रकोट ५ का वडा अध्यक्ष कृष्ण पन्थ , ४ न वडा अध्यक्ष डिलारामा न्यौपाने, वडा न ६ का अध्यक्ष थम्मन बहादुर ज्ञवाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन स्वयंसेविका सचिव सिता भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?