भुबन भुसाल , चैत्र ०८ गुल्मी
स्थानीय निर्वाचन नजिकिए संगै उम्मेद्बारी घोषणा गर्ने क्रम तिब्र भएको छ । गएको निर्वाचन देखि नै राजनितीमा बढेको युवाहरुको आकर्षण यो पटक त हस्तक्षेपकारी भुमिकामै देखिन थालेको छ ।
देशका विभिन्न स्थानीय तहमा युवाहरूले स्वतन्त्र उम्मेद्बारी घोषणा गरेका छन भने केहिमा दलकै तर्फबाट युवाहरुले उम्मेदवारी घोषणा गरिरहेका छन । यसै बिच आज रुरुक्षेत्र गाउँपालिका वार्ड न १ मा एक युवाले अप्रत्याशित उम्मेदवारी घोषणा गरेका छन । युवा संघ नेपाल रुरुक्षेत्र उपाध्यक्ष समेत रहेका रिडि निवासी सुन्दर भण्डारीले सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन ।
सामाजिक संजाल मार्फत उनले अग्रज र अनुभवीले देखाएको बाटोमा अघि बड्दै युवा जोसका साथ काम गर्ने बताएका छन । उनले आफ्नो उम्मेदवारी राजनीतिमा देखिएको नातावाद , कृपावाद, बेथिति , बिसंगतीको अन्त्य गर्ने प्रतिबद्धताका साथ आएको उल्लेख गरेका छन ।
उनको उम्मेदवारीले रुरुक्षेत्र १ मा टिकटको लबिङ गरिरहेका पुराना नेताहरुलाई झस्काइदिएको छ ।
उनले लेखेका छन ” अग्रज र अनुभवले देखाएको बाटोमा अघि बढ्ने उदेश्य र लक्ष्यका साथ युवा मस्तिष्क बाट निस्कने नयाँ सोच र सपना नाडिमा रहेको तागतले सार्थक बनाउने प्रण का साथ रुरु गाउँ पालिका वार्ड न १ मा हामी युबाहरु परिबर्तनका सम्बाहक भएर नेतृत्व गर्ने तयार छौँ ।
अहिले भैरहेको बेतिथी बिसङगती , नाताबाद कृपाबाद र भ्रष्टाचारको विरुद्धमा समृद्ध गाउँपालिका बनाउन र जनतालाइ सुसासनको प्रत्याभूति दिन मैले आफ्नो वार्ड अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दछु ।”