तिलक मगर , बाग्लुङ । बडिगाड ३ सिसाखानीका बिद्यार्थीहरुको लागि हिजो १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम सम्पन्न भएको छ ।बडिगाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट आर्थिक सहयोग भई बडिगाड महिला तथा बालबालिका शसक्तिकरण केन्द्रको आयोजनामा हिजोबाट किशोरी हिसां न्युनिकरणको लागि १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम सुरु भएको हो ।
सिसाखानी मा.बि. बाट सुरु भएको यो तालिम १० दिन सम्म बडिगाड गाउँपालिका भित्रका मा. बि. का किशोरीहरुलाई दिईने आयोजक बडिगाड महिला तथा बालबालिका शसक्तिकरण केन्द्रका सहजकर्ता बिना थापाले जानकारि दिनु भएको छ । करातेका राष्ट्रिय खेलाडि राजन कुमार पाईजा र करातेकै राष्ट्रिय खेलाडि कपिल रोका मगरले किशोरीहरुलाई आत्मरक्षा तथा प्रतिकार दिनु भएको छ ।