‘बाँचुन्जेल त्यस्तो कर्म गरौँ, जुन मरणोपरान्त बाँचिरहोस्’: कांग्रेस नेता भण्डारी

 

भुबन भुसाल , चैत्र ३ गुल्मी
नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले मानव जिवनमा सत्कर्म गर्न कार्यकर्ताहरुलाई सुझाउनुभएको छ । नेपाली कांग्रेस छत्रकोटले गरेको शोकसभामा बोल्दै नेता डा. भण्डारीले सत्कर्मले नै मानिस मृत्यु पछि पनि जिबित रहने भन्दै सत्मार्गमा हिड्न सबैलाई आग्रह गर्नुभएको हो ।

नेपाली कांग्रेस छत्रकोट ३ का वडा सभापती बाबुराम पन्थका पिता गिरिधारी पन्थको निधन भएको तेस्रो दिन छत्रकोट ३ हुँगिमा आयोजना गरिएको शोक सभामा बोल्दै संविधान सभा सदस्य समेत रहनुभएका नेता डा भण्डारीले नेपाली कांग्रेस जीवन रहँदा पनि र जीवन पश्चात् पनि जनतामाझ संगै रहेको बताउनु भयो । “नेपाली कांग्रेस केबल सुखमा , उत्सबमा मात्रै होइन जनताको दुखमा पनि संगै थियो , छ र रहिरहने छ”  नेता भण्डारीले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुबन प्रसाद श्रेष्ठले मृत्यु नै शाश्वत सत्य हो भन्दै बाचुन्जेल सत्मार्गमा हिड्न सबैलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस गुल्मी क्षेत्र न १ का सभापती पारिश्वर ढकालले दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै सोकाकुल परिवारजनमा समबेदना व्यक्त गर्दै स्वर्गीय गिरिधारी पन्थको परिवार नेपाली प्रजातान्त्रिक आन्दोलनको एक हिस्सा रहेको स्मरण गर्नुभयो ।

शोक सभामा नेपाली कांग्रेस गुल्मीका सभापती खिलध्वज पन्थी ,जिल्ला उपसभापति अनन्त पौडेल ,जिल्ला सचिब भगत खड्का , सह- सचिब छवि पाण्डे , जिल्ला सदस्य राधिका न्यौपाने , नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवाली लगायत नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताको बाक्लो उपस्थिति थियो । नेपाली कांग्रेस छत्रकोटका सभापती धातानन्द भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । वडा सभापती पन्थका पिता गिरिधारी पन्थको यहि चैत्र १ गते ८१ बर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?