बगनासकाली ७ दैलातुङ्गमा शनिबारदेखि शुरु हुने राष्ट्रशान्ति महायज्ञ तथा श्रीकृष्णगण्डकी महायात्राको तयारी अन्तिम चरणमा

ईश्वरी बस्याल चैत्र ३, पाल्पाको बगनासकाली ७ दैलातुङ्गमा शनिबारदेखि राष्ट्रशान्ति महायज्ञ तथा ऐतिहासिक श्रीकृष्णगण्डकी महायात्रा शुरु हुँदैछ । त्यसको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । महायज्ञ श्रीकृष्णगण्डकीको सम्मुख खानीगाउँमा अवस्थित अन्नपूर्णेश्वर महादेव मन्दिर प्राङ्गणमा हुनेछ ।

२१८ वर्ष पुरानो ऐहिासिक तथा सांस्कृतिक महत्वको उक्त मन्दिर वि.सं. १८६१ मा स्थापना भएको ऐतिहासिक दस्तावेजहरुमा समेत उल्लेख छ । चैत्र ५ गतेदेखि ११ गतेसम्म संचालन हुने महायज्ञमा नित्य पूजा, कथा श्रवण, भजनकृतन लगायतका कार्यक्रम हुने मूल आयोजक समितीका सचिव केशवराज खरालले जानकारी दिनुभयो ।

बगनासकाली ७ दैलातुङ्ग खानीगाउँमा हुने महायज्ञ तथा श्रीकृष्णगण्डकी महायात्रामा पाल्पा लगायत छिमेकी जिल्लाहरुबाट भक्तजन र दर्शनार्थीहरुको उल्ल्ोख्य उपस्थिती रहने सचिव खरालको भनाई छ ।

यसअघि २०६४ माघमा दैलातुङ्ग महोत्सव भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?