विभिन्न पार्टी परित्याग गरि ४५० बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश

रुपन्देही । रुपन्देहीको ओसतिया र रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ४५० बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । शनिबार एक कार्यक्रमका विच पार्टी प्रवेशीहरूलाई माओवादीले स्वागत गरेको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले माओवादीले उठाएका परिवर्तनका मुद्दा कै वरिपरि देश रहेको बताए । परिवर्तनका मुद्दालाई संस्थागत गर्न र देशलाई समृद्धिको मार्गमा लैजान माओवादी केन्द्रले निर्वाचन जित्नुपर्ने बताउँदै उनले नवप्रवेशीहरूलाई बधाई सहित स्वागत गरे ।

त्यसैगरी लुम्बिनी योजना आयोगका उपाध्यक्ष समेत रहेका पार्टीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले अबको यात्रा आर्थिक विकास र समृद्धिको यात्रा हुने उल्लेख गर्दै माओवादी केन्द्रले विकास र समृद्धिको यात्राको नेतृत्व गर्ने उल्लेख गरे ।

नवप्रवेशीहरूलाई पार्टी नेता खनाल, क्षेत्री सहितका माओवादी नेताहरूले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?