दुर्गा घायल २८ फागुन ,गुल्मी
नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालिले पानी संग छालाको जुत्ता डराए जस्तै गठबन्धन चुनाब संग डराएको बताउनु भएको छ । गुल्मी रुरुक्षेत्र -रुपन्देही सम्पर्क मंचले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
सरकार संचालन गरिरहेको गठबन्धनले अनेक बहानामा चुनाव सार्ने र तर्किने बहाना बनाएको थियो निर्वाचन आयोग र नेकपा एमालेको निरन्तर दवाबका कारण समयमै स्थानीय चुनाबको मिति तोक्न बाध्य भएको बताउँनु भएको छ । अबको चुनाब सत्य र असत्य एकतावादी शक्ति र अनेकतावादी शक्तिका बिचको अस्तित्वको लडाई भएकोले पार्टी बलियो र एक ढिक्का बनेर गठबन्धनहरु परास्त पार्न पर्ने बताउदै धेरै पटक त्यस्ता गठबन्धन परास्त पारेको पनि स्मरण गराउनु भयो ।
कार्यकर्ताहरुलाई टिकट कस्ले पाउने म कहाँ हुन्छु भनेर होइन निरन्तर पार्टीको काममा खट्नुस तपाइको मुल्यांकन हुन्छ पार्टीले तपाईंलाई उपर्युक्त जिम्मेवारी दिनेछ पार्टी बलियो बनाउने तिर लाग्नुस भन्दै कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा एमाले गुल्मी रुरुक्षेत्र रुपन्देही सम्पर्क मंचका संयोजक हेम थापाको अध्यक्षता र कपिल ज्ञवालिको संचालनमा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य लिला गिरि लुम्बिनी प्रदेश सांसद कमलराज श्रेष्ठ रुरुक्षेत्र गा.पा अध्यक्ष निलकण्ठ गौतम उपाध्यक्ष लक्ष्मी देबि पन्थ लगाएको मन्तब्री रहेको थियो ।