नेकपा (एकीकृत समाजवादी) छत्रकोटको अध्यक्षमा विष्णु कण्डेल ‘पाइलट’ चयन

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को छत्रकोट गाउँ भेलाले विष्णु कण्डेल ‘पाइलट’ को अध्यक्षतामा पालिका कमिटि गठन गरेको छ । पार्टीको छत्रकोटमा आज आयोजित भेलाले उक्त पालिकास्तरीय कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा टीकाराम कण्डेल, र सचिवमा यम खत्री चयन भएका छन् ।

यस्तै, उपसचिवमा रोजी क्षेत्री, हिमाल सुनार र नितु खड्का चुनिएका छन् । भेलामा नेकपा एस गुल्मीका सचिव सुरेन्द्र कण्डेलले संगठन निर्माणमा सक्रिय भएर लाग्न नवगठित कार्यसमिति तथा कार्यक्रर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रमुख अतिथीको रुपमा सम्बोधन गरेका कण्डेलले स्थानीय निर्वाचन केन्द्रित तयारीलाई तीव्र बनाउन पनि आव्हान गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?