भुबन भुसाल , फाल्गुन २७ गुल्मी
नेपाल बिद्यार्थी संघ गुल्मी – रुपन्देही सम्पर्क समितिको प्रथम अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ ।
कार्यक्रमको लागि मंच ब्यवस्थापन , स्वयंसेवक परिचालन लगायतको काम सकिएको आयोजकले बताएको छ । रुपन्देहीको बुटवलमा हुने समितिको प्रथम अधिबेशनको सबै तयारी पूरा भएको र भोलि शनिबार निवार निर्धारित समयमै कार्यक्रम सुरु हुने नेपाल बिद्यार्थी संघ गुल्मीका अध्यक्ष झबिन्द्र पाण्डेले जानकारी दिनुभयो ।
गुल्मी जिल्ला बाट अध्ययनको सिलसिलामा रुपन्देहिमा पुगेका बिद्यार्थीहरुलाई एकताबद्द गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुबन प्रसाद श्रेष्ठले उदघाटन गर्ने कार्यक्रम रहेको नेबिसघं गुल्मीका सभापती पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा एक सय पचास भन्दा बढी बिद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।
भोली शनिबार नै नयाँ कार्य समिती समेत चयन हुने छ ।