लोकसेवाले सच्चायो सूचना, “खरिदारको पाठ्यक्रम पुरानै हो”

 

लोकसेवा आयोगले बुधबार विहान प्रकाशित सूचना सच्चाउँदै खरिदारको पाठ्यक्रम पुरानै भएको स्पष्ट पारेको छ । विहान प्रकाशित सूचनाको पाठ्यक्रमसम्बन्धि जानकारीमा पछि प्रकाशन गरिने व्यहोरा उल्लेख थियो । तर, केहीबेर अघि अर्को सूचना जारी गर्दै उक्त व्यहोरा भूलवश पर्न गएको र खरिदारको परीक्षा यसअघिकै पाठ्यक्रमका आधारमा लिइने आयोगले बताएको छ ।

उपसचिव देवीप्रसाद सुवेदीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ  “आयोगवाट मिति २०७८र११र२५ मा प्रकाशित रा।प।अनं। द्वितीय श्रेणी, खरिदार वा सो सरहको विज्ञापनको द्रष्टव्य खण्डको बुँदा (ट) मा पाठ्यक्रम पछि प्रकाशन गरिनेछ  भनी भूलवस उल्लेख हुन गएकोमा उक्त पदहरूका आ.प्र, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका परिमार्जित पाठ्यक्रमहरू आयोगको वेवसाइटमा यसपूर्व प्रकाशन भैसकेको हुनाले सोही पाठ्यक्रम अनुसार नै परीक्षा कार्यक्रम सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैको नै जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।”

हेर्नुहोस् संशोधित सूचना

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?