मोरङ माओवादीमा संकट,मेयरसहित २ हजार नेता कार्यकर्ता एमाले प्रवेश गर्दै

मोरङ माओवादीमा संकट देखिएको छ । रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया एमाले प्रवेश गर्न लागेका छन् । उनीसँगै करिब दुइ हजार नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । उनीहरुलाई पार्टी प्रवेश गराउन आज दिउँसो अध्यक्ष ओली रंगेली पुगेका छन् ।

बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए ।

उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गर्न लागेका हुन् ।एमाले प्रवेश गर्न तयारी गरेपछि माओवादी केन्द्रले बगडियालाई फागुन १५ गते पार्टीबाट निष्कासित गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?