लोक सेवा आयोगले खरिदार पदका लागि विज्ञापन गरेको छ। आयोगले खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो।
लोकसेवा आयोगको यो नियमित कार्यतालिका अन्तर्गतको विज्ञापन हो ।
जसमा दिने अन्तिम मिति चैत्र १७ गतेसम्म साधारण दस्तुरमा दरखास्त दिन सकिनेछ । त्यस्तै दोब्बर दस्तुर तिरेर चैत्र २४ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ। १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ। परीक्षा मिति भने पछि प्रकाशित गरिने आयोगले जनाएको छ ।
वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद नलाग्ने आयोगले जनाएको छ। प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु तीन सय बुझाउनु पर्ने छ। समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु। एक सय पचास थप दस्तुर बुझाउनु पर्ने आयोगले जनाएको छ।