भुबन भुसाल , गुल्मी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले छत्रकोट गाउँ कमिटिको बिस्तारित बैठक सम्पन्न भएको छ । स्थानिय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले बैठक, भेला, छलफल कार्यक्रमलाई तिब्रता दिएको हो ।
छत्रकोट गाउँ पालिकाको भेडुवामा रहेको पार्टी कार्यालयमा सम्पन्न बैठकले पालिका स्तरमा पार्टी कमिटी , जन बर्गिय संगठन चुस्त दुरुस्त राख्ने र बिस्तारित गर्ने निर्णय गरेको नेकपा एमालेका नेता एवं जिल्ला सदस्य राम प्रसाद पान्डेयले जानकारी दिनुभयो । हिजो शनिबार सम्पन्न बैठकले नेकपा एमालेको छत्रकोटको बलियो पकड कायम राख्न चुनाब लक्षित कार्यक्रम अगाडि बढाउने निर्णय समेत गरेको नेता पाण्डेयले जानकारी गराउनुभयो ।
बैठकमा प्रमुख अतिथी लुम्बिनी प्रदेश कमिटी सदस्य हुमनाथ कंडेल हुनुहुन्थ्यो भने प्रदेश कमिटी सदस्य नर्मदा भन्डारीको उपस्थिति थियो ।
गाउँ कमिटी अध्यक्ष पिताम्बर अर्यालको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिब यज्ञ पान्डेले गर्नुभएको थियो ।
“छत्रकोट गाउँ पालिकामा नेकपा एमालेको बर्चस्व छ , हामी टुट्न दिदैनौ त्यस्का लागि सबै वडा कमिटी र जन बर्गिय संगठनलाई चुस्त राख्छौ ” जिल्ला सदस्य पान्डेयले भन्नुभयो ।
“गत स्थानिय निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित ४ वडा जितेका हौं यो पटक सबै वडामा जित्ने गरि लाग्छौ र जित्छौ ” बैठकमा गाउँ कमिटी अध्यक्ष अर्यालले बोल्नुभएको नेता पाण्डेयले जानकारी दिनुभयो ।