पीडितको गोपनियतामा असर पार्ने खालका सामग्री प्रकाशन तथा प्रसारण नगर्न नेपाल प्रहरीले सचेत गराएको छ ।
प्रहरीको साइवर अनुसन्धान ब्युरोले भ्रामक तथा उत्तेजना फैलाउने खालका सामग्री पोस्ट गरे कारबाही गर्ने चेतावनी दिएको हो । पछिल्लो समय एक गायिका र अभिनेता पल शाहबीचको विवाद र सम्बन्धबारेका पोस्टले सामाजिक संजाल तातेको छ । यी र यस्तै प्रकृतिका घटनाबारे बोल्दै ब्यूरोले मनलाग्दी पोस्ट गरे कारबाही गर्ने चेतावनी दिएको हो ।
सामाजिक संजाल र केही अनलाइन सञ्चार माध्यममा प्रकाशित सामग्रीमा पीडितलाई आघात पुर्याउने र मानमर्दन गरिएकोप्रति प्रेस काउन्सिलले पनि आपत्ति जनाएको छ । काउन्सिलले जथाभावी गरे कानुनबमोजिम कारबाही गर्ने बताईसकेको छ ।
गायिका र पल विवाद सतहमा आएसङै एक अर्काक पक्ष र विपक्षमा थुप्रै पोस्ट भैरहेका छन् । ती सामग्रीमा कमेन्ट गर्ने र सेयर गर्नेलाइ पनि कानुबमोजिम कारबाही हुने भएकोले सचेत रहन आग्रह गरिएको छ ।