१० बर्ष देखि नेपाल बन्दले नछोएको बलेटक्सार बजार

तस्बिर सौजन्य : कपिल गौतम

 

भुबन भुसाल , फाल्गुन १६ गुल्मी । आज देश लगभग ठप्प छ । बिप्लब नेतृत्वको नेकपा माओबादि , राष्ट्रिय जनमोर्चा लगायतका ६ दलले अमेरिकी सहयोग परियोजना एमसिसि संसदबाट पारित भएको बिरोधमा नेपाल बन्दको आव्हान गरेका छन् ।

काठ्माण्डौ उपत्यका भित्र बाहेक देशैभर बन्दको प्रभाब परेको छ । उद्योग ,कलकारखना , ब्यापार ब्यवसाय ठप्प प्राय छन् ।
गुल्मीबाट आज बिहानै देखि एउटा पनी सार्वजनिक सवारीको साधन छुटेन भने यहाँका लगभग सबैजसो बजारका पसल बन्द छन् ।

तर गुल्मीको रुरुक्षेत्र गाँउपालिका वार्ड नं ४ मा पर्ने बलेटक्सार बजार भने निर्वाध संचालन भईरहेको छ । अझै भनौ बलेटक्सार बजारलाई पहिले जस्तै यो बन्दले पनी छोएन ।

 

२०६८ साल ताका नेपाल बन्दका कार्यक्रम धेरैजसो पार्टिले गरिरहन्थे । त्यसबाट आक्रान्त बनेका बलेटक्सार बासीले सबै राजनैतिक दल संग एउटा समझदारी गरे “ जुनसुकै राजनैतिक दलले बन्दको आव्हान गरे पनी बलेटक्सार बजार बन्द नगर्ने । ” यसको नेतृत्व उद्योग बाणिज्य संघ बलेटक्सार शाखाले गरेको संघका अध्यक्ष तोयनारायण ज्ञवालीले बताउनु भयो ।

 

“आज सार्वजनिक सवारीका साधन नचलेर केहि शान्त त छ तर बजारमा निजि सवारी साधन साबिककै हिसाबले चलेका छन् बजार सबै खुल्ला छ , बलेटक्सारबासीले नेपाल बन्द नदेखेको १० बर्ष भैसक्यो ” बलेटक्सारका पुराना ब्यवसायी बशन्त श्रेष्ठले भन्नुभयो ।

 

“राजनैतिक दलका पटक पटक हुने बन्दले व्यवसाय नै धरापमा पर्ने स्थिती बनेपछि कसैको बन्दमा बजार बन्द नगर्ने निर्णय गरेका हौं अहिले आनन्द भएको छ , यस्को सिको अरु बजारहरुले पनी गरे फाईदै हुन्छ ” उद्योग बाणिज्य संघ बलेटक्सारका उपाध्यक्ष कमल श्रेष्ठले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?