१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन; छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।