नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा दामोदर भुषालले दलितहरु माथी हुने जातिय विभेद अन्त्यको लागि उद्यमशिलता आवश्यक रहेको बताएका छन। मुसिकोट नगरपालिका वडा न १ मा आयोजित दलित जागरण कार्यक्रममा बोल्दै डा भुषालले सम्पन्नता संगै जातिय भेदभाव अन्त्य हुने धारणा राखेका हुन। उनले दलित समूदायका व्याक्तीहरुलाई आर्थिक रुपले सक्षम बनाउनु कांग्रेसको मुख्य लक्ष्य रहेको बताउदै कम्युनिस्टहरुले दलितलाई गरिब कै अवस्थामा राखेर राजनितिक लाभ लिइरहेको बताउदै दलित समूदायलाई परिवर्तनको पक्षमा उभिन आग्रह गरे।
फरक प्रसङ्गमा डा भुषालले चिनबाट विशेषज्ञ टोलि बोलाएर आफुले मुसिकोटको बिकासको मार्गचित्र कोर्न खोजेको तर मुसिकोट नगरपालिकाको स्थानिय सरकार त्यसको लागि बाधक बनेको बताए। उनले साचो अर्थमा जनताको संबृद्धीको पक्षमा मुसिकोटमा काम हुन नसकेको बताउदै अब बृद्ध भत्ता र जस्तापाताको नाममा राजनिती गरेर दलित लगायतका सिमान्तकृत नागरिकलाई नझुक्याउन एमाले लगायतका दललाई चेतावनी समेत दिए।
नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिले आयोजना गरेको “दलित जागरण अभियान” को अन्तिम दिन पौदी अमराईमा आयोजित भेलामा नेपाली कांग्रेसका नगर सभापती मोहन घिमिरेले दलित समूदायमा शिक्षाको पहुच नै पहिलो आबश्यकता रहेको बताए। उनले दलित समूदायमा बिच मै पढाइ छोड्नु पर्ने बाध्यतामा बालबालिका रहेको बताउदै दलित समुदायलाई शिक्षित बनाउने अभियानका साथ कांग्रेस अघि बढ्ने बताए। सभापती घिमिरेले दलित समुदायको समग्र बिकासको लागि कांग्रेसको बिकल्प नभएकोमा जोड दिदै बर्गिय कुरा गर्ने कम्युनिस्टले बर्गिय आचरण भुलीसकेकोले दलित र गरिब जनता उनिहरुको पछि लाग्ने समयको पनि अन्त्य हुने भनाई राखे ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य योगेन्द्र कुमार श्रेष्ठले दलित समूदायलाई कांग्रेसको पक्षमा उभिन अनुरोध गरे।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य भोमा खरेल, नगर सचिव मधुसुधन रायमाझी, नगर सदस्य योगेन्द्र खरेल, रामचन्द्र खाती लगायत दलित समुदायका व्याक्तीहरुको उपस्थिती रहेको थियो।
नेपाली कांग्रेसका वडा सभापती दान बहादुर केसिको सभापतित्व र सचिव महादेव खरेलको सन्चालनमा सम्पन्न भएको उक्त भेलाबाट प्रेम परियारको सभापतित्वमा ३३ सदस्यिय नेपाल दलित संघ वडा कार्य समिती गठन गरिएको छ।











