यो संविधान कांग्रेस र कम्युनिस्टको सहमतिय दस्ताबेज मात्रै हो : नेता ज्ञवाली


नेपाली कांग्रेस नेता मोहन ज्ञवालीले यो संविधान काङ्ग्रेस र कम्युनिस्टको साझा दस्ताबेज मात्र भएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस छत्रकोट गाउँपालिका वार्ड न ३ को वडा अधिबेशनलाई सम्बोधन गर्दै वहाँले नेपाली काङ्ग्रेसकै नेतृत्वमा बनेको संविधान काङ्ग्रेसले र आम नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनिले भनेजस्तो नभएको बताउनुभएको छ ।

संविधान निर्माण गर्ने बेला काङ्ग्रेसले उग्र कम्युनिस्ट सङ्ग सहमती गरेर अगाडी बढ्नुपर्ने भएकाले संविधान नेपाली नागरिकले भनेजस्तो र काङ्ग्रेसले खोजेजस्तो नभएको बताउदै यो संविधानमा बहुसंख्यक जनताले दिएको हिन्दुधर्म र संघियता बिरुद्धको एजेन्डा उग्र कम्युनिस्टका कारण संविधानमा लादिएको बताउनुभयो ।

वहाँले त्यतीबेला संविधान नबनाएको भए देश अझै अस्तिरतामा जाने भएकाले केही कुरा सहि नभएपनी मानिदिनु परेको उल्लेख गर्नुभयो । वहाँले काङ्ग्रेसले यो अधिबेशनमा जनताका बिचार पनि सुन्दै संविधान समेत सम्सोधन गर्न तयारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेता ज्ञवालीले काङ्ग्रेसले अब इगोको उद्योग सदाका लागि बन्द गरि मुस्कानको उद्योग खोल्न भन्दै प्रत्यक कार्यकर्ता मुसुक्क मन्द मुस्कान सहित हिड्ने वातावरण बनाउन नेतृत्वलाई सुझाब समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?