सागर भण्डारी,गुल्मी । नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समिति अन्तर्गत विपद व्यवस्थापन समितिले अस्पतालमा कोरोना सक्रंमण भएर उपचार गराईरहेकी एक युवतीलाई आर्थिक सहयोग गरी उद्धार गरेको छ । समितिले कोरोना सक्रंमण भएर उपचार गराईरहेकी र आर्थिक अभावमा अस्पतालमै बस्न बाध्य मुसिकोट नगरपालिकीकी एक युवतीलाई आर्थिक सहयोग गरी उद्धार गरेको हो ।
केही समयदेखि काठमाण्डौको एक कफी सपमा काम गर्दै आएकी मुसिकोट नगरपालिका वडा नं २ बौआकी रिता क्षेत्रीलाई कोरोना सक्रंमण भएपछि शिथिल भएपछि सडकमा छट्पटाई रहेको देखेर एक फाउण्डेसनले अस्पतालसम्म पुर्याएको थियो । तर त्यहाँ उनको उपचारका लागि आर्थिक अभाव भएको र घरको अवस्था पनि कमजोर भएको थाहा पाएपछि विपद व्यवस्थापन समितिका सयोंजक योगराज कडेंलको पहलमा देश तथा विदेशमा सहयोग सकंलन गरी उनको उद्धार गरिएको हो ।
उनको अवस्थाका बारेमा आशिका तामाङ्ले फेसबुकमा राखेको र काठमाण्डौमा बसोबास गर्दै आउनुभएकी गुल्मीकी सिता पन्तले पनि आफुलाई जानकारी गराएपछि तत्कालै सहयोग सकंलन गरी उनलाई नगद रु ५०,००० आर्थिक सहयोग गरी उनको उद्धार गरी घर पठाईएको कडेंलले जानकारी दिनुभयो ।
१४ मे देखि उपचार गराईरहेकी उनको १२ औँ दिनमा विभिन्न व्यक्तिहरुको सहयोगमा उद्धार गरिएको उहाँले बताउनुभयो । बहिनीको उपचार भईरहेको र आर्थिक अवस्था कमजोर भएपछि घर परिवारले समेत उद्धार गर्ने स्थिति नभएको थाहा पाएपछि आफुहरुले सहयोग सकंलन अभियान सुरु गरी केही नगद र केही चेक उनलाई हस्तान्तरण गरी उद्धार गरी गुल्मी पठाईएको कडेंलले जानकारी दिनुभयो । उहाँले विपदको समयमा एकजुट भएर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।