गुल्मी अस्पताललाई क्रिटिकल केयर र डाफे फाउन्डेसनद्वारा अक्सिजन कन्सन्टेटर सहयोग


गुल्मी, १२ जेठ
नेपाल क्रिटिकल केयर डेभलप्मेन्ट फाउन्डेसनद्वारा गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान अन्तरगत डाक्टर लक्ष्मण भुसालको पहलमा अमेरिकामा रहेका डा दिपेन कडारिया र नेपाल क्रिटिकल केयरको समन्वयमा डाफे फाउन्डेसनले अक्सिजन कन्सन्टेटर सहयोग गरेको थियो ।

 

डाक्टर भुसालले क्रिटिकल केयरका सिनियर डाक्टरहरु संग छलफल गरेर गुल्मीमा अक्सिजन कन्सनटेटर सहयोग गरिएको जानकारी दिए । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा र पत्रकार महासघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले संयुक्त रुपमा गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई मेसिन हस्तान्तरण गरेका थिए ।

मेयर भुसाल, प्रजिअ शर्मा, मेसु पच्या र महासघ अध्यक्ष अर्यालले नेपाल पत्रकार महासंघ गुल्मीलाई अक्सिजन कन्सनटेटर मेसिन उपलब्ध गराइदिने डाक्टर दिपेन कडारिया, समन्वय गर्ने डा लक्ष्मण भुसालसहित क्रिटिकल केयर डेभलप्मेन्ट फाउन्डेशनका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिए । उनीहरुले दुबै सस्थासंगको सहयोग र समन्वय आगामी दिनमा समेत रहने अपेक्षा व्यत्त गरे ।

 

अस्पतालमा आइसियु निर्माण भएपछि फाउन्डेशनको तर्फबाट भेन्टिलेटर सहयोग हुने अश्वासन आएको अक्सिजन अभियानका अभियान्ता तारा भुसालले जानकारी दिए । नेपाल पत्रकार महासघ गुल्मीले अक्सिजन अभियान अनतरगत अक्सिजन प्लान्ट निर्माण गर्न गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ । जस अनुसार प्लान्टको टेन्डर आव्हान समेत भएको छ ।

 

त्यस्तै अक्सिजन सिलिन्डर खरिद, भर्ने र अरु सामग्री प्रदान गर्ने काम महासघले निरन्तर गरिरहेको अक्सिजन अभियान समन्वय समिति संयोजक जनार्दन घिमिरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?