जेठ ४ गुल्मी
नेकपा एमालेका गाउपालिका स्तरिय नेता कृष्ण बहादुर भुसालले माहामारिमा खटेका डाक्टरकै मनोबल घट्ने गरि सामाजिक संजालमा पोष्ट शेयर गरेका छन ।
कोरोना माहामारिका बेला दिन रात नभनी आफ्नै ज्यानको बाजि थापेर काम गरेका तम्घास अस्पतालका प्रमुख डा उत्तम पच्याले धन्यवाद भनेनन भन्दै लेखिएको पोष्ट उनले सामाजिक सन्जालमा पोस्ट शेयर गरेका हुन । पोस्ट शेयर गर्दा उनले अरु केही लेखेका भने छैनन ।
अर्थ मन्त्रालयले जिल्लामा अक्सिजन प्लान्ट निर्माणमा एक करोड बिनियोजन गरेपछी डा पच्याले सामाजिक संजालमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको नाम सम्म तोकेर धन्यवाद लेखेका छन ।
तर नेकपा एमालेका जिल्लामा गनिने नेता मध्यकै ब्यक्तिले यसरी मनोबल घट्ने गरि सामाजिक सन्जालमा राख्दा यसले राम्रो भन्दा नराम्रो नै गर्ने यहाँका स्थानिय बताउछन । दिपक प्रसाद शर्मा नाम गरेको फेसबुकमा अरुले एउटा अक्सिजन सिलिन्डर भरिदिदा धन्यवाद दिने डा उत्तमले अक्सिजन प्लान्टका लागि एक करोड र ५ बेडको आइसियुका लागि प्रदिप ज्ञवालिको सहयोगलाइ धन्यवाद सम्म भन्न सकेनन लेखिएको छ । साथै सो फेसबुकमा डाक्टरले राजनिती गरेको आरोप समेत लगाइएको छ ।
सो स्टाटसलाइ सामान्य नागरिकले शेयर गर्नु लेख्नु सामान्य नै कुरा भएपनी स्थानीय तह निर्वाचनमा गाउँपालिकामा उम्मेद्बार भएकै ब्यक्तिले यस्तो शेयर गर्नु दुखद हो तम्घास स्थित समाजसेबी जनक पन्थले भने ” डाक्टर उत्तम जिल्लामा नभएको भए के हाल हुन्थ्यो कल्पना सम्म गर्न सकिँदैन ।
रेडियो शृङ्गेश्वर सङ्ग कुरा गर्दै पन्थले यस्तो माहामारिमा डाक्टरको मनोबल गिराउने काम बन्द गर्न सबैलाइ आग्रह समेत गरेका छन ।
आफ्नो राजनितिक जिबनमा कहिल्यै बिवादमा न आएका सालीन , बौद्दिक र भद्र नेता परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीलाई धन्यवाद कहिल्यै चाहिएन , तर समाजका दु:खमा खासै नदेखिने कार्यकर्ता भने धन्यवाद पाइएन भन्दै रोइलो गर्दै छन ।
सामान्य अवस्थामा सामाजिक संजालमा हुने यस्ता पोष्ट केही फरक नपर्ला तर यो विषम परिस्थितिमा डाक्टर लाई नै राजनिती गरेको आरोप लगाउनु किमार्थ राम्रो होइन पन्थले भने ।