बागलुङमा कोरोना सं”क्रमणबाट एकै परिवारका चार जनाको मृ”त्यु

 

बागलुङ : बागलुङमा एकै परिवारका चार जनाको कोराना संक्रमणबाट मृ”त्यु भएको छ । वैशाख १७ गते सास फेर्न अफ्ठेरो भएपछि धौलागिरी अस्पताल आएका जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका ८७ वर्षीय पुरुषको मृ”त्यु भयो ।
उनको मृ”त्यु भएको १० दिनभित्र उनकै परिवारका अरु तीन जना सदस्यले पनिका कोरोनाबाट ज्यान गु”माएका छन् ।

 

परिवारको जेष्ठ सदस्यको मृ”त्युको शोकमा रहेको परिवारले वैशाख ३० गते बेलुका ४० वर्षीय अर्का पुरुष सदस्य गुमायो । उनको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृ”त्यु भएको थियो । परिवारमा निरन्तर परिरहेको बज्रले उनीहरु बि”छिप्त थिए । ४० वर्षीया छोराको मृ”त्युको खबर नसुनाएका गाउँलेले वैशाख ३१ गते विहान अर्को खबर पाए । गाउँनै शो”कमा डुव्यो । पोखराको मणिपाल शिक्षण अस्पतालमा कोभिडको उपचार गराईरहेका बृद्धका अर्का ५१ वर्षीय छोराको पनि मृ”त्यु भयो ।

 

एकै पटक छोराहरुको मृ”त्यु खबर पाएकी आमा अझै बिछि”प्त छिन् । परिवारमा ब”ज्रपात रोकिएको छैन । सोही परिवारकी चेली बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालिचौरकी ५३ वर्षीया महिलाले शनिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा ज्यान गुमाईन् । उनको पनि मृ”त्युको मुख्य कारण कोरोना भाईरस नै हो । अस्पतालका अनुसार शनिवार दिउँसो उनको कोभिड–१९ र निमोनियाका कारण मृ”त्यु भएको हो ।

 

वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिन भित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा सं”क्रमण पुष्टि भएको थियो । त्यसपछि थप परीक्षण भएको छैन । तर संक्र”मण पुष्टि भएकाहरुमै जटिल स”मस्या देखिएका मात्रै छैनन् ।

 

बिबाहमा सहभागी भएका मध्ये एकै परिवारका चार जना सहित अरु दुई जनाको समेत मृ”त्यु भैसकेको छ । अझै केही अस्पतालमा उपचाररत छन् भने केही घर घरमै बिरामी परेको स्थानीयले बताए । जलजला गाउँका अधिकांश स्थानीयहरुमा कोरोनाको शंकास्पद लक्षण देखिएको छ ।

 

गाउँपालिकाले उनीहरुको परक्षणलाई तीव्रता दिएको छ । गाउँमा संक्रमितहरुको निरन्नतर मृ”त्यु भएपछि सिंगो गाउँदै त्रसित बनेको छ । गाउँपालिकाले संक्र”मण रोक्नका लागि तयारी तीव्र पारेको छ । ढाेरपाटनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?