एमालेमा जुटेन सहमति, किन निस्किए माधव बाहिर ? बुझाउलान राजिनामा ?

 


काठमाडौं-  नेकपा एमाले अध्यक्ष केपी ओली र माधव नेपाल पक्षबीच सहमति नबनेपछि अन्ततः यो पार्टी फुटतर्फ पुगेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पार्टी मिलाउनका लागि दिएको समयसीमा सकिएपछि नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवार पुगेर सामूहिक राजीनामा बुझाउँदैछन् ।

नेपाल पक्षीय सांसद झपट रावलले केपी ओलीको दम्भका कारण पार्टी एकताका सबै प्रयास विफल भएको र अब राजीनामा मात्र बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।

हिजो अध्यक्ष ओलीले र माधव पक्ष र नेपालले ओलीलाई दोष थोपर्दै एकताको बाधक रहेको पत्र सार्वजनिक गरेपछि एकताको सम्भावना टरेको हो ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने दिनमै एमाले औपचारिक फुटको बाटोमा पुगेको हो ।

प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले अमान्य घोषणा गरिदिएपछि तात्कालीन नेकपाभित्र ओली र नेपाल–पुष्पकमल दाहाल पक्षमा ध्रुवीकरण बनेको थियो ।

पछि अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टी बनाइदिएपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लगातार कार्वाहीको सिलसिला चलाउनुभएको थियो । परिणाम एमाले विभाजनमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?