ठूलो छाती भएका महान ब्यवसायी , अक्सिजन खरिदका लागि दिए २५ हजार

भुबन भुसाल बैशाख २६ गुल्मी

गुल्मी जिल्लाका एक ब्यवसायिले अक्सिजन खरिदका लागि २५ हजार सहयोग गरेका छन । पैचो पसलका परिकल्पनाकार धुर्व न्यौपानेले नगद सहयोग गरेका हुन ।

 

 

नेपाल पत्रकार महासंघ गुल्मीले सुरुगरेको अभियान मार्फत ब्यवसायी नौपानेले आर्थिक सहयोग गरेका हुन ।

 

 

” गुल्मी जिल्ला लाई ब्यवसायिक थलो बनाएर सम्पत्ती आर्जन गर्ने तर जिल्लालाइ अफ्ट्यारो पर्दा मुख फर्काएर हिड्नेहरु पनि छन तर धुर्व न्यौपाने ठूलो छाती भएका ब्यवसायी हुनुहुन्छ र त आज हाम्रो आग्रह बिना नै आफै सहयोग गर्छु भन्दै आउनुभयो ” महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले भने ।

 

 

” धुर्व सरले सुरु गरेको पैचो अभियानले आज लाखौं किसानको चुलो महामारिका कारण पनि निभेको छैन , अब अक्सिजन नपाएर कोहि मर्न नपरोस भन्दै नगद पनि सहयोग गर्नु भयो वहाँ बाट अरुले पनि सिक्नुपर्छ ” महासंघ का निवर्तमान अध्यक्ष नवराज भुसालले खुलेर प्रसम्सा गरे ।

 

 

 

देश दर्शन टिभी सङ्गको कुराकानिमा ब्यवसायी धुर्व न्यौपानेले भने ” मैले गरेको सहयोग केही पनि हैन एक थुकी सुकि हजार सुकि नदि भन्छन मैले त सानो थोपा मात्र खसालेको हो सबैले अलिअली सहयोग गरे यो माहामारी टार्न सकिएला नि ” अरुको मुख ताक्नुभन्दा आफै बाट सुरु गरौं ।

 

 

सानै उमेर देखि होटल ब्यवसाय बाट ब्यवसायिक यात्रा सुरु गरेका धुर्व न्यौपाने पैचो पसलका परिकल्पनाकार हुन । उनकै योजनामा सुरुभएको पैचो पसलले हाल नेपाली ग्रामीण भेगका किसानलाइ ब्यवसायिक बनाउदै किसानको अर्थोपार्जनमा ठूलो टेवा समेत पुर्याएको छ ।

 

 

उनी ३ बर्ष अघि राष्ट्रिय युवा प्रतिभा सम्मानबाट समेत सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?