प्युठान – बिश्वभर महामारिका रुपमा फैलिएको काेभि ड १९ काे दाेस्राेलहर हाल प्युठान जिल्लामा पनि ब्यापक रुममा फैलिएकाे हुदा जनता लाई सजक बनाउन वडाले कडा निर्णय गरेकाे हाे।
झिमरुक गाउपालिकामा काेभि”ड संक्रमित केही ब्याक्तिले ज्यान गुमाएपछि तीन जिल्लाकाे संगम झिमरुक एक काे साैतामारे नाकाबाट ईमर्जेन्सी बाहेक अाबत जाबत बन्द गर्ने ,सभा,समाराेह ,बैठक बस्न बन्द गर्ने ,बिबाहमा भाेजभतेर बन्द गर्ने,हाेटल तथा रेष्टुरेन्ट पुर्णरुपमा बन्द गर्ने,खाधन्न पसल बिहान ७ बजे देखि नाै बजेसम्म र साझ ५बजे देखि छ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।
एक जिल्लाबाट अर्काे जिल्ला अनावश्यक अाबत जावत बन्द गर्ने, खाधन्न पसलमा अनिवार्य सामाजिक दुरि कायम गर्नुपर्ने, माक्स सेनिटाईजर प्रयाेग गर्ने,लघुबित्त तथा बित्तिय संस्थाकाे बैठक बन्द गर्ने,बजार तथा गाउघरमा हिडडुल गर्नुपरेमा माक्स लगाउने निर्णय गरेको छ ।
भारत तथा तेर्साे मुलुकबाट अाउने अनिबार्य १३ दिनसम्म हाेम क्वारेन्टाइनमा परिवारका सदस्यहरुसंग घुलमिल नगरिबस्ने,हाेम क्वारेन्टाइनमा बसेकाहरुले अनिवार्य साैचालय ,भाडाबर्तन,लत्ताकपडा अलग अलग प्रयाेग गर्ने निर्णय गरेकाे छ।
अाज वडा कार्यालयमा सामाजिक दुरि कायम गर्दै वडा अध्यक्ष धुर्ब खनालकाे अध्यक्षमा सर्बदलिय बैठकमा नेकपा एमालेका वडा अध्यक्ष निमबहादुर सुनार,राष्ट्रिय जनमाेर्चाका वडा अध्यक्ष दिपक केशि,नेकपा माअाेबादि केन्द्र का पार्टि सचिब दामाेदर रेग्मि ,नेपाली काङ्ग्रेसका वडा प्रतिनिधि रत्नबहादुर के शि , स्वास्थ्य कार्यलय झिमरुक एकका प्रमुख जान बहादुर पुन ,बिधालयका प्रतिनिधि दानबहादुर जि सि, वडा सदस्यहरु,वडा प्राबिधिक वडा सचिब तथा स्थानिय बुद्धिजिबिहरुकाे उपस्थितमा बैठकबसि यस्ताे निर्णय गरेकाे हाे।
वडाले गरेकाे निर्यणकाे अबज्ञा गरेमा काेभिड १९ बमाेजिमकाे कार्बाहि गर्न सम्बन्धित निकायमा जानकारि गराउने निर्णय गरेकाे छ।