टोपलाल अर्याल २१ बैशाख , गुल्मी
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मासहितको टोलीले तीन स्थानीय तहको निशेधाज्ञा र आइसोलेसनको अवस्था अनुगमन गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी शर्मा, प्रहरी प्रमुख गोपालचन्द्र भटराई, नेपाली सेनाका मेजर डायमण्ड कार्की, सशस्त्र प्रहरी निरिक्षक नारायण सेडाइसहितको टोलीले गुल्मी दरवार, छत्रकोट र रुरु गाउँपालिकामा कोभिड १९ नियन्त्रण, निशेधाज्ञा, आइसोलेसन र हेल्पडेक्सहरुको अनुगमन गरेको हो ।
गुल्मी दरवार र छत्रकोट गाउँपालिकाले अक्सिजनसहित ५ बेडको आइसोलेसन बनाएका छन् । दुवै गाउँपालिकाले आइसोलेसनको राम्रो व्यावस्थापन गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।
जिल्लाको टोलीले स्थानीय प्रमुख उपप्रमुख, प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीहरुको उपस्थितीमा आइसोलेसनको अनुगमन गरेका थिए ।
त्यस्तै रुरु क्षेत्र गाउँपालिकाको हेल्प डेक्समा अवदेखि जिल्लामा बाहिरी मुलुकबाट भित्रनेहरुको रेकर्ड राख्ने व्यावस्था मिलाई शर्माले बताइन् । उनले देउरालीदेखि रिडीसम्म निशेधाज्ञा पालनाको अवस्था पनि राम्रो रहेको बताइन् ।
टोलीले सुरक्षाकर्मीको चेकप्वाइन्टमा स्वास्थ्य सुरक्षाका सामग्री समेत वितरण गरेको छ ।