ढोरपाटन २ मा गाडीएको अवस्थामा एक पुरुषको श’व फेला

बगलुङको ढोरपाटन नगरपालिका २ मा खल्टुवोट भन्ने स्थानमा गाडीएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो ढोरपाटन नगरपालिका २ खल्टुवोट स्थित जस्ति खोल्सामा अन्दाजी ३५ बर्षिय पुरुषको श’व फेला परेको हो ।

खोल्साको छेउँमा खुट्टा बाँदेर ढुँगाले छोपेर जमिन मुनी गाडीएको अवस्थामा श’व फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । कोर्ट सर्ट पाइन्ट लगाएको हुलिया छ ।

श;वलाई पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जनाइएको छ । ५/६ दिन अगाडी ह’त्या गरी गाडीएको हुनसक्ने भएका कारण श’व गलिसकेको अवस्थामा रहेको र थप अनुसन्धान भइरहेको बताइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?