पहिलो हाफमै नेपाललाई दुई गोलको अग्रता, विशालले गरे अर्काे गोल

त्रिदेशीय कप फुटबल अन्तर्गत बंगलादे‍शविरुद्धको फाइनलमा नेपालले २–० को अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा सञ्जोग राईले १८ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो गोल विशाल राईले ४० औँ मिनेटमा गरे ।

लगातार ७ गेममा गोल नगरेको नेपालले आठौँ खेलमा दुई गोल गर्न सफल भएको हो । खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रंगशाला पुगेका छन्।

किर्गिस्तान, नेपाल र बंगलादेश सहभागी खेलको शीर्ष दुईमा रहेका टोली फाइनल पुगेका हुन् ।

नेपालले समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेशले किर्गिस्तानलाई समूह चरणको खेलमा १–० ले पराजित गरेको थियो ।

सो खेलमा आत्मघाती गोल किर्गिस्तानका लागि घातक बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?