गुमेका आश र साख फर्काउँदै गुल्मी प्रहरी , एकपछि अर्को सफलता

टोपलाल अर्याल गुल्मी, १ चैत

अपराधका घटनामा अनुसन्धान फितलो भयो भनेर प्रहरी प्रशासन कार्यालय घेराउ भए । प्रहरी प्रमुख समेत केन्द्र तानिए । नागरिकमा प्रहरीप्रति मर्दे गएको थियो । तर, पछिल्लो समय नागरिकमा गुमेको आशा र संगठनको साख फर्किन थालेको छ ।

तीन ठुला घटनामा प्रहरीले देखाएको सक्रियता र सफलताको नागरिक स्तरबाट प्रसंसा भइरहेको छ । ती मध्येको एउटा घटना हो । पराल्मी हत्या काण्ड । गुल्मीको रेसुंगा नगरपालिका १४ पराल्मीका ४५ बर्षीय तुल बहादुर विक माघ ३ गते बन्दुकको लागेको अवस्था फेला परे । घटना गुमनाम रह्यो । प्रहरी निगरानी निरन्तर चल्यो । तर, अभियुक्त पत्तो लागेन् ।

आज ५७ दिनमा घटनामा संलग्नलाई गुल्मी प्रहरीले पत्रकार र परिवारका अगाडी सार्वजनिक ग¥यो । घटनाका आरोपित गुल्मी दरवार गाउँपालिका १ का ३१ बर्षिय पोम बहादुर घर्तीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनी पहिलेबाटै प्रहरीको निगरानीमा थिए । तर, भाडगाउँ जस्तै प्रहरी अनुसन्धानमा छारो हाल्न थुप्रै हत्कण्डा रचिरहेका थिए । प्रहरीले सवै प्रविधी र अनुसन्धानबाट आरोपितलाई प्रमाणीत गर्ने योजनामा थियो ।

अन्तत ः अरोपित घर्तिले अपराध स्विकार गरे । शिकार खेल्ने क्रममा मृग भनेर बन्दुक पडकाउँदा विकको मृत्यु भएको प्रहरी बयानमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । साथै घटनामा प्रयोग गरिएको बन्दुक समेत प्रहरीले बरामद गरेको छ । आरोपितको बयानको आधारमा स्थानीय जङ्गलमा तीन टुक्रा पारेर छुट्टाछुट्टै ठाउँ लुकाएर राखिएको अवस्थामा बन्दुक बिहान फेला पारिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनले समुदायकै सहयोगमा घटना बाहिर आएकाले अब इस्मा घटनामा प्रहरी केन्द्रित हुने बताए । उनले दुवै घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत र जवानहरुलाई पुरस्कृत गर्ने योजना बनाएको बताए । अभियुक्त सार्वजनिक भएपछि मृतकका छोरा शालिकराम बिकले बुवा फर्केर नआए पनि अपराधी उम्कन नपाएकोमा प्रहरीलाई धन्यवाद दिए । उनले लामो समय अभियुक्त नभेटिएपछी मरेको आशा र न्याय बल्ल प्राप्त भएको प्रतिक्रिया दिए । मृतककी श्रीमती गिता बिकले मर्ने मरेपनी दोषी उम्किदा बाँचेकालाई पनि गाउँमा बस्न सक्ने स्थिति नभएको बताउदै ढिलोचाडो राहत महसुस भएको बताइन ।

प्रहरी प्रशासन घेराउदेखि एसपी सरुवा गराउने भाडगाउ घटनाका अभियुक्त समेत प्रहरीले सार्वजनिक गरिसकेको छ । रेसुंगा नगरपालिका ३ की २१ बर्षीया सम्झना बोहराको हत्यामा संलग्न स्थानीय ४७ बर्षीय लाल बहादुर खत्रीलाई प्रहरीले फागुन २० गते सार्वजनिक गरिसकेको थियो । खत्रीले माघ २९ गतेदेखि बेपत्ता भएकी सम्झनालाई हत्या गरेर फालेका थिए । सम्झनाको शब फागुन १७ गते घर नजिकै फेला परेको थियो । त्यस्तै गत फागुन २५ गते गुल्मी प्रहरीले दुई ठुला चोरीमा संलग्नलाई पक्राउ गरेर सार्वजनिक ग¥यो ।

गाडी र मोटरसाइलक चोरीमा संलग्न मेटल वर्कसपमा काम गर्ने रेसुंगा नगरपालिका ७ भुजेलखर्कका २३ बर्षका सन्दिप चुदारालाई प्रहरीले सार्वजनिक गरेको थियो । उनले गत फागुन १८ गते राति तम्घासको मध्ये बजारबाटै केशव अधिकारीको लु १ च ६१६४ नम्बरको बोलेर जिप र फागुन २२ गते राति तम्घासकै उदिनढुङाबाट लु ५७ प ४५५ नम्बरको कालो पल्सर चोरेका थिए । अब गुल्मी प्रहरी २ वटा घटनामा संलग्नलाई सार्वजनिक गर्नु पर्ने दवाबमा छ । इस्माको रहस्यमय हत्या र चन्द्रकोटको बाख्रा फर्म आगलागीमा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् ।

इस्मा गाउँपालिका १ का मोति बहादुर कुवंर ०७७ भदौ २१ गते आफ्नै पसलमा हत्या गरिएको अबस्थामा फेला परे । हत्या भएको सात महिना पुग्न थाले । तर, हत्याका अभियुक्त अझै फेला परेका छैनन । त्यस्तै चन्द्रकोट गाउँपालिका ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा आगलागी गर्ने व्यक्ति पत्ता लागेका छैनन् । शाहको फर्ममा गत पुस अन्तिम साथा आगलागी हुँदा २५ बाख्रासहित खोर जलेर नष्ट भएको थियो । गुल्मी प्रहरीमा पछिल्लो समय देखिएको सफलताले नागरिकमा नयाँ आशा पलाएको नागरिक समाजका संयोजक पदम पान्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?