कम्युनिष्टहरुले कम्युनिष्टको लोगो बेचेर देश लुटे ः काङ्ग्रेस नेता भण्डारी

हुमाकान्त पोखरेल
०३ फागुन, गुल्मी ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले कम्युनिष्टहरुले कम्युनिष्टको लोगो बेचेर देश लुटेको आरोप लगाएका छन् । सोमबार नेपाली काङ्ग्रेस, गुल्मीद्धारा आयोजित विरोध सभामा बोल्दै नेता भण्डारीले कम्युनिष्टहरुले कम्युनिष्टको लोगो बेचेर देश लुटेको आरोप लगाए । ‘नेपालका कम्युनिष्टहरुले पहिले परिवारलाई र मत ल्याउने बेला जनतालाई अगाडी सारे ।’ उनले भने, ‘अहिले एक्लै एक्लै देश लुट्न खोज्दा यो स्थिति आएको हो ।’ नेता भण्डारीले जनताले विश्वास गरेर कम्युनिष्टहरुलाई झण्डै दुई तिहाई मत दिएपनि कम्युनिष्ट नेताहरुले मतको दुरुपयोग गरेको आरोप लगाए । अब संसद पुर्नस्थापना भए वा नभए पनि देश गम्भिर दुर्घटनामा परिसकेको तथा काङ्ग्रेसले हार्दा जनताले हार्छन् भन्ने कुरा पुष्टि भएको उनको भनाई छ ।

अर्को प्रसंगमा उनले धेरै मन्त्री हुँदासमेत गुल्मी जिल्ला विकासमा पछाडी परेको बताए । कालिगण्डकी करिडोर बाग्लुङतिरबाट र मदन भण्डारी राजमार्ग सुर्खेततिर गएकोे भन्दै उनले गुल्मीमा एउटा पनि महत्वपूर्ण सडक नभएको बताए । आफुको पालामा सालझण्डी सडक खन्न सुरु गरेपनि अहिले आफु सत्ताबाहिर कम्युनिष्ट नेताहरुको बेवास्ताका कारण काम तिब्र गतिमा हुन नसकेको आरोप लगाए । प्रधानमन्त्री के.पी. शर्मा ओलीले गत पौष ५ गते

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?