गुल्मीदरबारमा किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रमको शुभारम्भ

रामकृष्ण कडेल, माघ २५ गुल्मी

गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दरबार देबिस्थान स्वास्थ्य चौकी अन्तरगत ठुलोपोखरा माध्यमिक विधालय र रेसुङ्गा इङ्लिस बोर्डिङ्ग हाइ स्कुलमा अध्ययनरत १० वर्षदेखि १९ वर्षसम्मका १७५ जना किशोरीहरुलाई आइरन र फोलिक एसिड चक्की खुवाउने कार्यक्रम को सुभारम्भ गरिएको छ ।

ठुलोपोखरा माध्यमिक बिध्यालयमा बिध्यालयका प्रधानाध्यापक राम बहादुर खत्रीको अध्यक्षता र गुल्मीदरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोप बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशेष अतिथि गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले विधालयमा पोषण सम्बन्धि कक्षा सञ्चालन तथा किशोरिहरुलाइ आइरनको कमिले स्वास्थ्यमा पार्ने तत्कालीन तथा दिर्घकालिन प्रभाव र रोकथामको लागि आइरन चक्की र फोलिक एसिडले गर्ने फाइदा हरुको बारेमा बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिका वडा नं ७ स्थित दरबार देबिस्थान स्वास्थ्य चौकीका अनमी सुमन पन्थिले स्वागत मन्तव्य राख्नुभएको थियो साथै स्वास्थ्य चौकीकी सिनियर अनमी जुनाकला बस्नेतले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । तेस्तै रेसुङ्गा इङ्लिस बोर्डिङ्ग हाइ स्कुलमा बिध्यालयका प्रधानाध्यापक हरिलाल उपाध्याय को अध्यक्षता , कार्यपालिका सदस्य तुल्सादेवि अर्यालको प्रमुख आतिथ्यता र दरबार देबिस्थान स्वास्थ्य चौकीका हे. अ. गणेश कार्की र अहेव रामकृष्ण कडेल बिध्यार्थिहरुलाइ सहजिकरण गर्दै आइरन र फोलिक एसिड को कमिबाट देखा पर्ने समस्याहरु मानसिक सामाजिक वृद्दि विकास ,रक्तअल्पता लगायतका बिषयमा अभिमुखिकरण गरिएको थियो । उत्त कार्यक्रम हेअ गणेश कार्कीको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?