हाम्रो टिम नेपालले नुवाकोटमा बाड्यो न्यानो कपडा

सामाजिक काममा निरन्तर सक्रिय युवाहरुको समुह हाम्रो टिम नेपालले नुवाकोटको किस्पाङ गाउंपालिका रहेका अति विपन्न परिवारलाई निशुल्क न्यायो कपडा वितरण गरेको छ ।

किस्पाङ गाउंपालिकाको वडा नम्वर २ र ३ मा रहेका अति विपन्न दलित ,जेष्ठ नागरिक , फरक क्षमता भएका व्यक्ति ,असहाय तथा एकल महिला लगायत १६० घर परिवारका लागी न्यानो कपडा (सिरक,डस्ना) वितरण गरेको हो ।
किस्पाङ गाउंपालिका वडा नम्वर २ का अध्यक्ष देवनाथ भट्टको अध्यक्षता र संविधान सभा सदस्य जगदिशनरसिंह केसीको प्रमुख आतिथ्यतामा गरिएको न्यानो कपडा वितरण कार्यक्रममा हाम्रो टिमका केन्द्रिय सचिव लक्ष्मण सिंह धामी, केन्द्रिय सदस्यहरु उमेश बोहरा, साजन श्रेष्ठ, सामाजिक अभियन्ता प्रकाश लौडारीको बिशेष सक्रियता रहेको थियो ।

कार्यक्रमलाई रेडक्रस जिल्ला उपसाखा किस्पाङले सहजीकरण गरेको हाम्रो टिमका प्रेस संयोजक बिश्वबन्धु भण्डारीले जानकारी दिएका छन् । स्मरण रहोस् हाम्रो टिमले काठमाण्डौको थापाथलीमा रहेको प्रसुति गृह पछाडी सडकमा रहेका अति विपन्न मजदुरहरुलाई हरेक दिन निशुल्क खाना वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?