ज्ञवा माबी बलेटक्सारमा अनेरास्ववियु मुल इकाइ कमिटी गठन , रन्जित ज्ञवाली अध्यक्ष

ज्ञवा मा वि रूरू क्षेत्र ४ बलेटक्सार गुल्मीमा अनेरास्ववियू मूल इकाई कमिटी गठन गरिएको छ ।

कृयाशिल बिद्यार्थी नेता रञ्जित ज्ञवाली को अध्यक्षता मा ४४ सदस्य कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा सिजन थापा र सुशील अर्याल, सचिब दिपक बिश्वकर्मा, सह सचिब मनिस सुनार र मनिसा नेपाली , कोषाध्यक्ष प्रतीक्षा ज्ञवाली रहनुभएको छ । सोमबार बिधालयमा बिद्यार्थीहरुको एक भेलाले कमिटी गठन गरेको हो । गठन कार्यक्रममा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य किसन पाण्डे र बालेन श्रेष्ठको उपस्थिति रहेको थियो ।

कमिटी गठन पछि बालेन श्रेष्ठको सहजीकरणमा किसन पाण्डेले प्रशिक्षण समेत दिनुभएको थियो । गठन कार्यक्रम पछि बोल्दै विद्यार्थी नेता रन्जित ज्ञवालीले ओलि सरकारले हुदाखादाको संसद विघटन गरेर जनतामाथी घात गरेको आरोप लगाउनु भयो । ” म आफू पनि पहिला ओलि समर्थित हु तर प्रधानमन्त्रीका पछिल्ला कर्तुतले दिक्क भएर आफू माधब प्रचण्डले नेतृत्व गरेको अनेरास्ववियु सस्थापन पक्षमा लागेको हु ” नेता ज्ञवालिले भन्नू भयो । वहाँले सबै बिद्यार्थीहरुलाइ माधब प्रचण्ड नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियुमै गोलबद्द हुन आग्रह गर्दै यहि संगठन सस्थापन भएको जिकिर समेत गर्नुभयो ।

बिद्यार्थी नेता ज्ञवाली सानै उमेर देखि सामाजिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?