सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना महादेव भिरमा आइचर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
गए राती करिब ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना दुर्घटना हुँदा चालक ३३ बर्षिय कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुल्न बाँकी रहेको छ । हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते भएका छन् । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । आइचर सोलुदुधकुण्ड नगरपालिका ११ तिंला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरबाट करिब ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनाग्रस्त आइचर दुधकोशी सोलुखोला (८६ मेगावाट)जलविद्युत आयोजनाको निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ । सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।