देशको परराष्ट्र निति यति कमजोर कहिल्यै थिएन : काङ्ग्रेस नेता पन्थी

गुल्मी
नेपाली काङ्ग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले देशको परराष्ट्र नीति इतिहासमै कमजोर भएको बताउनुभएको छ ।
आज छत्रकोट गाउँपालिकाको छत्रदेबि देवालयमा सम्पन्न प्रतिनिधि सभा बिघटन विरुद्ध आयोजना गरिएको बिरोध कार्यक्रममा बोल्दै नेता पन्थीले आफ्नै जिल्लाको नेता परराष्ट्र मन्त्री हुदा बिदेशी नेता नेपालका प्रधानमन्त्रीको शयनकक्ष सम्मै पुगेको देख्दा पिडाबोध भैरहेको बताउनु भयो । पार्टी बिवाद मिलाउने नाममा पटक पटक भएको चिनियाँ कम्युनिस्ट पार्टिका नेताहरुको नेपाल भ्रमणलाई लक्षित गर्दै नेता पन्थिले पार्टी मिलाउने नाममा देशको छवि नसक्याउन चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्री केपि ओलिले आफ्नो पार्टीको आन्तरिक कलहका कारण असंबैधानिक , निरंकुश तरिकाले प्रतिनिधि सभा विघटन गरेको भन्दै खबरदारी गर्न नेता,कार्यकर्ता एवं आम जनतालाइ आग्रह समेत गर्नुभयो । नेता पन्थीले काङ्ग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्ने जिम्मेवारी काङ्ग्रेसकै काधमा आएको भन्दै प्रतिनिधि सभा विघटनको बिषयमा अदालतको निर्णय पर्खनु पर्ने बताउनु भयो ।

” हामिले लेखेको संविधानमा अदालतलाइ नै संविधानको ब्याख्याता मानिएको छ , सम्मानित सर्वोच्च अदालतले संविधान अनुरुपनै निर्णय गर्ने छ , हामिलाइ बिश्वास छ ” नेता पन्थिले भन्नुभयो ।
आज छत्रकोटमा सम्पन्न बिरोध कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी , जिल्ला स्तरिय नेता एवं कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरि २२ जना अगुवा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?