
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ३ हर्राचौरमा स्थानीय विरेन्द्र शाहले सञ्चालन गरेको फर्ममा आगलागी भएको हो । आगलागीबाट खोरमा रहेका २५ वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जाली,जस्ता र काठले बनाईएको यस थ्रि बाख्रा फारममा गएराति अचानक आगलागी हुदा उक्त बाख्रा फारममा रहेका २५ वटा वाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना ठुला बोका जलेर मरेको प्रहरीले जनाएको छ ।
त्यस्तै आगलागीमा परी फारमका संचालक सोही ठाउँ बस्ने शाहको गाला र हात जलेको छ । उनको अहिले मेडिकल कलेज भैरहवामा उपचार भईरहेको बताईएको छ । आगलागीबाट झण्डै ३१ लाख ७५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीको भनाई छ । आगलागीको कारण खुलेको छैन ।
तर स्थानीय हरुले भने कसैले नियोजित रुपमा आगो लगाइदिएको भन्दै छानविनको माग गरेका छन ।
किसान शाहा चन्द्रकोट ३ का वडा अध्यक्ष किरण शाहाका छोरा हुन । ब्यक्तिगत रिसिबिका कारण आगलागी गराइदिएको भन्दै यो घटनाको जिल्लाभर भ्रत्सना भैरहेको छ ।