खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विदेशबाट फर्किएका युवाहरु ब्यवसायिक कृषि कर्ममा सकृय भएका छन् ।
नगरपालिका र प्रयास नेपालको सहकार्यमा बैदेशिक रोजगारबाट फर्किएका ७३ जना युवाहरुलाई प्राविधिक तालिम, कृषि सामाग्री तथा अनुदानको समेत ब्यवस्थापन गरेसँगै उनीहरु कृषि कर्ममा ब्यवसायीक बनेको नगरपालिकाकी कृषि प्राविधिक कमला आचार्यले बताइन् ।
उहाँका अनुसार नगरपालिका र प्रयास नेपालले युवाहरुलाई निशुल्क प्लाष्टिक टनेल, पाईप, च्याउको बिरुवा र नगद २०/२० हजार प्रदान गरेको थियो । कोभिडका कारण रोजगार गुमाएका युवाहरुलाई लक्षित गरि तालिमको साथमा कृषि सामाग्री प्राप्त गरेपछि उनीहरुले सोचे भन्दा बढी राम्रो काम गरेको पाइएको अनुगमनमा सहभागी कृषि प्राविधिक आचार्यको भनाई छ ।
उनीहरुले उत्पादन गरेका तरकारी नगरपालिका भित्रका स्थानिय बजारमा खपत नभएमा सबै तरकारी नगपालिकाले खरिद गर्ने जनाइएको छ ।