गुल्मी
राष्ट्रिय युवा संघ छत्रकोट गाउ कमिटिको आयोजनामा छत्रकोट ३ चोयगा गुल्मीमा युवा भेला सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिनिधि सभा बिघटन गरेपछी २ धारमा बिभाजित नेकपाको ओलि पक्षका युवा हरुको भेला छत्रकोटमा सम्पन्न भएको हो ।
प्रधानमन्त्री केपि शर्मा ओलिकै तस्बिर समेत राखेर गरिएको भेलामा बोल्ने बक्ताहरुले देशलाइ एउटा अलौकिक सपनाका साथ सुखी नेपाली समृद्ध नेपालको लक्ष्य लिएर हिडेको आफ्नै पार्टिको प्रधानमन्त्रीलाई असहयोग भएपछी बाध्य भएर सम्सद बिघटन गर्नु परेको दाबी गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका नेकपा जिल्ला कमिटी सदस्य एवम परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीका स्वकिय सचिब जङ्ग नेपालीले ले केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरेको बिषय संविधान सम्बत नै रहेको भन्दै प्रधानमन्त्रीको बचाउ गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता एवम जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठले ओलि पक्षीय नै वास्तविक मुलधारको नेकपा भएको भन्दै चोइटिएर जानेहरु पद , सत्ता, र शक्ति नपाएकै कारण बाहिर लागेको दाबी गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज हिमाल थापाले कार्यक्रमलाइ सम्बोधन गर्दै शुर्य चिन्ह र नेकपा आफुहरु सङ्ग रहने कुरामा ढुक्क हुँदै उर्जावान भएर आगामी निर्वाचनमा लाग्न युवाहरुलाइ आव्हान समेत गर्नुभयो ।
युवा संघ छत्रकोट अध्यक्ष दान बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संघ केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज हिमाल थापा , जिल्ला सम्योजक मोहन पाण्डे , नेकपा छत्रकोट सचिब पिताम्बर अर्याल , जिल्ला सदस्य होमनाथ कंडेल लगायतको उपस्थिति रहेको युवा संघ छत्रकोट उपाध्यक्ष रामु जङ्ग कंडेलले जानकारी दिनुभयो ।