सोताङमै सफल प्रसुति शल्यकृया भएपछि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्यो


सोलुखुम्बु : जिल्लाको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमै एक गर्भवतीको सफल सल्यक्रिया गरिएको छ । ६ घण्टा भन्दा बढी प्रसूति ब्यथा लागेकी सोताङ गाउँपालिका ५ की चन्द्रीमाया कटेलको बुधबार सल्यक्रिया मार्फत प्रसूति गराइएको केन्द्रले जनाएको छ ।
उहाँलाई ६ घण्टा भन्दा बढी व्याथा लागेपछि बच्चाले दिशा निल्ने खतरा भएका कारण तत्काल अप्रेशन गरेर बच्चा र आमाको ज्यान जोगाउन सफल भएको गाउँपालिका स्वास्थ्य संयोजक श्रीध्वज राईले जानकारी दिनुभयो ।
गाउँपालिकाले एमडी जिपि डाक्टरको ब्यवस्था गरेसँगै सोताङमै प्रसूतिका लागि सल्यक्रिया हुन थालेको केन्द्रले जनाएको छ । यस अघि सामान्य प्रसूति सोताङमै हुदै आएको भएपनि जटिल प्रकृतिका वा शल्यक्रिया नै गर्नुपर्ने भए हेलिकोप्टर चार्टर गरि काठमाण्डौ लानु पर्ने बाध्यता थियो ।
सुत्केरी जटिल अवस्थामा पुगेपछि गाडी मार्फत जिल्ला अस्पताल फाप्लु ल्याउदा आमा र बच्चा दुबैलाई ज्यानको जोखिम हुने भएकाले हेलिकाप्टर नै चार्टर गर्दै आएको स्थानियले बताएका छन् ।
सोताङमा नै प्रसूति सल्यकृया गरिएको यो दोश्रो पटक हो । करिब २ बर्ष अघि एक जनाको सल्यकृया गरिएको भएपनि त्यस यता डाक्टरको ब्यवस्थापन नहुँदा सेवा बन्द रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?