ग्रामिण भेगलाई आफ्नो कार्यक्षेत्र बनाएर स्थापना भएको पैंचो पसल प्राली सातौं बर्षमा प्रबेस गरेको छ ।
प्रालीले छैठौ बार्षिक उत्सब एवं सातौं बर्ष प्रबेश कार्यक्रम रचनात्मक काम गरेर मनाएको छ। पैचो पसलले बार्षिक उत्सब यो बर्ष रक्तदान , बेसहारा संग सामुहिक भोजन, बजार सरसफाई , मठमन्दिर संरक्षण लगायतका काम गरेर मनाएको हो ।
बुधबार बिहान रुपन्देहिको सुख्खानगर,मणिग्राम र होराईजन पैंचो शाखाको संयुक्त आयोजनामा नेपाल अपागं आश्रममा सामुहिक भोजनको आयोजना गरेको पैचोले कर्पोरेट कार्यालय शुख्खानगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रुपन्देहिका स्थानीय, ब्यबसायी चारी लगायतको उल्लेख्य उपस्थिती थियो ।
त्यस्तै सरसफाई कार्यक्रम अन्तर्गत तानसेन पाल्पा शाखाको आयोजनामा तानसेनका बिभिन्न स्थान सरसफाई , पाल्पाको अर्गली गुल्मीको रिडि शाखा र प्रशोधन केन्द्रको संयुक्त आयोजनामा ऋषिकेश धाम सरसफाई , सत्यवतीको खैरेनी ,प्रधान कार्यालय समेत रहेको रुरुक्षेत्रको बलेटक्सार , छत्रकोटको दिगाम र हुंगाको आयोजनामा स्थानीय बजार एवं सार्वजनिक सम्पदा सरसफाई तम्घास शाखाको आयोजनामा बसपार्क सरसफाई एवं अपागं बेसहारालाई सामुहिक भोजन कार्यक्रम गरिएको पैचो पसल प्रा.ली का महाप्रबन्धक सुमन बरालले बताउनु भयो ।
गएका बर्षहरुमा किसान र बिज्ञहरुसंग छलफल , किसान सम्मान , उपहार योजना सार्वजनिक लगाएतका कार्यक्रमहरु गरेर बार्षिक उत्सब मनाउने गरेको पैंचोले यो बर्ष पनि किसान सम्मान र उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
यस बर्षको पैंचो बर्ष किसान पुरस्कारबाट उत्कृस्ट किसान छत्रकोट १ हुँगाका भुवन खराल सम्मानीत हुनुभएको छ । यसैगरि पैचाले आफ्नो कार्यक्षेत्र भएका स्थानिय तह र वडाहरुबाट समेत उत्कृष्ट किसान छनोट गरेर सम्मान गरको छ । जस्मा रुरु क्षेत्रबाट रुरुक्षेत्र उत्कृस्ट किसान कमल ज्ञवाली रुरुक्षेत्र गा पा ४ गुल्मी , वडा न १ उत्कृस्ट किसान महेन्द्र जंग राणा , वडा न २ उत्कृस्ट किसान टिकाराम तिवारी वडा न ३ उत्कृस्ट किसान लेखनाथ गौतम , वडा न ४ उत्कृस्ट किसान युबराज ज्ञवाली , वडा न ५ उत्कृस्ट किसान राम ब नेपाली र खडानन्द ज्ञवाली वडा न ६ उत्कृस्ट किसान चेत बहादुर बस्नेत , छत्रकोट गांउपालीका बाट छात्रकोट गापा उत्कृस्ट किसान छात्रकोट १ हुँगाका हुम बहादुर पल्ली वडाहरुमा छात्रकोट १ हुँगा लक्ष्मण न्यौपाने र दसरथ भण्डारी, वडा न २ इमान सिंग राना , छात्रकोट ३ काउले यज्ञ मुर्ति पन्थ , छात्रकोट ४ रुक्से राम कृष्ण कंडेल , छात्रकोट ४ दिगाम सुमित्रा पौड्याल , निलकण्ठ न्यौपाने छत्रकोट ४ दिगाम , वडा न ५ सन्तोस कुमाल सम्मानित हुनुभएको छ ।
त्यस्तै गुल्मी दरबार गाउंपालिकामा
वडा न ५ उत्कृस्ट किसान – कमल गिरी र लक्ष्मण पन्थ सम्मानित हुनुभयो । यस्तै सत्यवती गांउपालिकामा वडा न १ उत्कृस्ट किसान – महा शर्मा पाण्डे , वडा न ८ उत्कृस्ट किसान – टिका सिरिस सम्मानित हुनुभएको छ । यस्तै पाल्पाको तानसेन नगरपालिका १४ उत्कृस्ट किसान – अर्जुन राना छनोट हुनुभएको छ ।
कर्मचारि तर्फ उत्कृस्ट कर्मचारी बलेटक्सार साखा – सुजाता पेम्मी , मणिग्राम साखा – कृतिका सुबेदी , होराइजन साखा – सिमा मगर , खैरनी साखा – तारा ढकाल , बुटवल साखा – सरस्वति कुवर , तानसेन साखा – लिजा पौड्याल अर्गली साखा – पुस्पा रेग्मी , रिडी साखा – आशा खासु , दिगाम साखा – सिता ज्ञवाली , हुँगा साखा – रथा ढेगा , तम्घास साखा – अन्जु कोइराला , उत्कृस्ट विभागीय कर्मचारी बितरण बिभाग – प्रेम टन्डन , कृषि बिभाग – राम प्रसाद पोखरेल ,उत्पादन बिभाग – सुरेस थापा ,बजार बिभाग – राम चन्द्र घिमिरे सर्बोकृस्ट साखा – हुँगा साखा ( भीमा पल्ली ), सर्बोकृस्ट बिभाग – बजार बिभाग ( लक्ष्मण गैरे ) , सर्बोकृस्ट कर्मचारी – दुर्गा ज्ञवाली सम्मानीत हुनुभएको छ ।
ग्रामिण भेगमा उत्पादन र उत्पादकत्व बढाई बजारीकरण समेत गरेर स्थापनाको छोटो समयमै राष्ट्रिय युवा प्रतिभा सम्मानबाट समेत सम्मानित पैंचो पसलले यहि १५ गते छैंठौ बार्षिक उत्सब मनाएको हो ।