पौष १३ गुल्मी
नेपाली कांग्रेस गुल्मीले आज प्रतिनिधि सभा बिघटन बिरुद्द दुई स्थानमा बिरोध सभा गरेको छ । कांग्रेसको केन्द्रिय कार्यक्रम अन्र्तगत आज गुल्मी जिल्लामा पनी बिरोध कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेश गुल्मीले जनाएको छ ।
जिल्लाका २ वटा निर्वाचन क्षेत्रमा आज छुटछुट्ै कार्यक्रमको आयोजना गरिएको हो । क्षेत्र नं १को गुल्मी दरबार गौंडाकोटमा आयोजना गरिएको सभालाई नेपाली कांग्रेस पुर्व जिल्ला सभापती चन्द्र केशीले संबोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता केशीले ओली सरकार पन्चायत भन्दा पनी निरंकुश भएकाले सडक बाटै यस्लाई बडार्नुपर्ने बताउनुभयो । नेता केशिले नेपाली जनताको बलिदानीपुर्ण संघर्ष बाट प्राप्त उपलब्धि ओलीको तानासाहि प्रबृ ितका कारण खतरामा परेको आरोप लगाउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
उता क्षेत्र नं २ मुसिकोट नगरपालीकाको वामिटक्सारमा आयोजित सभालाई जिल्ला सभापती भुवन श्रेष्ठले संबोधन गर्नुभएको थियो । नेता श्रेष्ठले ओली सरकारले प्रतिनिधि सभा बिघटन गरेर जनमतको घोर अपमान गरेको आरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला सचिब खिलध्वज पन्थीले ओली सरकारले निर्वाचन गराउछ भनेर सोच्नु दिवा सपना हुने भन्दै सडक सघर्षबाटै संसद पुनस् स्थापनाका लागी दबाब सिर्जन गर्न आम कार्यकर्तालाई अपिल गर्नुभयो ।